Logo
Logo

बालुवाटारमा प्रचण्ड र विप्लवबीच भेटवार्ता


3.8k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पिुगेर विप्लवले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

उनीहरुबीच समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । साथै दुई नेताबीच माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल भएको बताइएको छ ।

विप्लवसहित माओवादी केन्द्र जसपा र एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा गठन भएपछि नेपालको राजनीति तरङ्गित बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्