
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको टिप्पणी गरेका छन् ।
यादवकै अनिच्छाका कारण भट्टराई मोर्चामा सहभागी नभएको टिप्पणी भइहरेका बेला बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर उपेन्द्रले बाबुराम एक्लै हिड्ने बानी परेकाले समाजवादी मोर्चामा नआएको बताएका हुन् ।
समाजवादी मोर्चा गठनका लागि भएको छलफलमा भट्टराई कहिले पनि उपस्थित नभएको उनले जिकिर गरे । ‘मोर्चा गठनमा बाबुराम भट्टराईको कुनै योगदान छैन । उहाँमा एक्लै हिड्ने बानी छ । मोर्चामा उहाँ कसरी छुटे भन्नेबारे उनलाई नै थाहा होला,’ उनले भने ।
मोर्चामा रहेका कुनै दलबीच एकीकरण हुन सक्ने भएपनि मोर्चा नै दलको रुपमा भने नआउने यादवले स्पष्ट । उनले साझा मुद्दामा मोर्चाले काम गर्ने पनि बताए ।














