Logo
Logo

इसेवाबाट पैसा पठाउँदा पूर्णबहादुरले पाए घर उपहार


2.8k
Shares

काठमाडौं । ईसेवा मनि ट्रान्स्फरले मेरो डिजिटल देश अभियान अन्तर्गत विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ । इसेवाले बिहीबार एक विशेष कार्यक्रम आयोजना गरी विजेता श्रेष्ठलाई घर हस्तान्तरण गरेको हो ।

ईसेवा मनि ट्रान्स्फरले जेठ १२ मा आफ्नो आधिकारिक फेसबुक र टिकटक पेजबाट प्रत्यक्ष डिजिटल गोलाप्रथा मार्फत ‘मेरो डिजिटल देश’ अभियानको विजेता घोषणा गरेको थियो । जसमा ८ वर्षदेखि युएईमा कार्यरत पूर्णबहादुर श्रेष्ठ बम्पर पुरस्कारको भाग्यशाली विजेता बन्न सफल भएका थिए ।

ईसेवा मनि ट्रान्स्फरका निर्देशक डेनियल डी श्रेष्ठले हस्तान्तरण कार्यक्रममा विजेता पूर्णबहादुर श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरे । ईसेवा मनि ट्रान्स्फरले बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो ।

डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तल्लाको घर दिने घोषणा गरेको थियो ।

७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ‘मेरो डिजिटल देश’ अभियान अन्तरगत हरेक महिना सेवाग्राहीको घर सम्म पुगी आकर्षक उपहार समेत प्रदान गरेको थियो । पुरस्कार विजेता पूर्ण बहादुर श्रेष्ठले विजेता चुनिएकोमा अत्यन्तै खुशी र कृतज्ञता व्यक्त गरे ।

आफ्नो जीवनका मुल्यवान ८ वर्ष युएईमा आफ्नो परिवारलाई राम्रो जीवन प्रदान गर्न लगनशीलताका साथ काममा समर्पित गरेका श्रेष्ठले नयाँ घर जित्न पाउँदा पूर्ण रूपमा आश्चर्यचकित भएको र आफूलाई चमत्कार जस्तो महशुस भएको बताए । उनले आफ्नो सपनालाई साकार तुल्याएकोमा इसेवा मनि ट्रान्स्फरलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्