
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिजिटल नेपाल फेमवर्कमा सरकारले जोड दिएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा ‘डिजिटल नेपाल कनक्लेभ २०२३’ को उद्घाटन गर्दै उनले डिजिटल नेपाल फेमवर्कमा सरकारले जोड दिएको बताएका हुन् । सूचना तथा सञ्चारका क्षेत्रमा भएको विकासले दैनिक जीवनमा ठूलो भूमिका स्थापित गरेको प्रष्ट पारेका छन् ।
उनले भने, ‘सरकारले अत्यावश्यक सरकारी कामहररूमा हुने झनझटको अन्त्य गर्न सरकारले काम अगाडि बढाइसकेको छ । यसका साथै डिजिटल नेपालीको विकासका लागी प्रविधिहरूमा सरकारले जोड दिएको छ । सबै सरकारी वेवसाईडलाई एउटै मनाव स्ट्यान्डर्ड फेमवर्कको आधारमा काम गर्न शुरू भइसकेको छ ।’
आजदेखि शुरू भएको कनक्लेभ भोलिसम्म चल्ने छ । दुई दिनसम्म चल्ने कार्यक्रममा मन्त्री तथा प्रादेशिक मन्त्रीहरूको उपस्थिति रहने छ ।











