Logo
Logo

भारतले १० वर्षमा १० हजार मेगावाट विजुली किन्नेछ : प्रधानमन्त्री


378
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले आगामी १० वर्षमा १० हजार विजुली किन्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसद अनिषा नेपालीले सोधेको प्रश्नको जवाफ दिँदै उनले भारतले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत खरिद गर्नेबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवद्धता ब्यक्त गरेको जानकारी गराएका हुन् ।

नेपालको जलविद्युत विकासको लागि लगानी भित्र्याउन र उत्पादित विद्युत निर्यात गर्ने सन्दर्भमा महत्वपूर्ण कामहरु भएको उनको भनाई थियो ।

‘भारतसँगको दीर्घकालीन उर्जा व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षरपनि भइसकेको छ । सम्झौतामा अन्तिम हस्ताक्षर छिट्टै हुने विश्वास छ । देशमा हाल वर्षायाममा विद्युत उत्पादन क्षमता २८ सय मेगावाट रहेको छ । अधिकतम खपत करिब १९ सय मेगावाट पिक डिमाण्ड रहेको छ,’ उनले भने, ‘आन्तरिक खपतभन्दा बढी भएको उर्जा खेर जान नदिनेगरी छिमेकी भारतमा विद्युत निर्यात भइरहेको छ । यसबाट देशको व्यापार घाटा न्यूनीकरण गर्न समेत महत्वपूर्ण योगदान पुगिरहेको छ।’

उनले देशभित्र नै आन्तरिक बिद्युत खपत गर्न सरकारले उर्जा खपत सम्बन्धी कार्ययोजना ल्याइसकेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्