Logo
Logo

विपत्ति न्यूनिकरणका लागि पूर्व तयारी अवस्थामा बस्न स्वास्थ्यमन्त्रीको निर्देशन


567
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जुनसुकै बेला पनि हुनसक्ने बिपदलाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

आकस्मिक चिकित्सकीय समूहको कार्यक्रमलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै मन्त्री बस्नेतले मुलुकको सबै क्षेत्रलाई ध्यानमा राख्दै विपत्ति न्यूनिकरणका लागि पूर्व तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् ।

उनले संविधान प्रदत्त स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न लाग्नुपर्नेमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह गरे । ‘आपत्काल कतिबेला आउँछ अन्दाज गर्न सकिँदैन । हाम्रो देशमा हरेक वर्षजसो बाढीपहिरो आएकै हुन्छ । त्यसैले समयमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाएर अगाडि बढ्यौं भने उपचारबाट बञ्चित हुनुपर्ने अवस्था रहँदैन,’ उनले भने ।

आफु मन्त्री नहुँदा पनि स्वास्थ्य क्षेत्रका लागि धेरै काम गरेको र विभिन्न जिल्लामा भएका घटनामा स्वास्थ्य सामाग्रीका साथै आवश्यक राहत प्रदान गरेको जिकिर गरे । उनले राम्रो कार्ययोजना बनाएर अघि बढे सहयोगको खाँचो नहुने बताए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले देशभर २५ अस्पतालमा स्याटेलाइट आकस्मिक सेवा प्रदान गर्नसक्ने अवस्थामा रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्