Logo
Logo

प्रधानमन्त्री सत्ता टिकाउनमै अल्मलियो : रास्वपा


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउन लागि परेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

सभापति लामिछानेले सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलभित्रै अर्को गठबन्धन बनाउनुपरेको आरोप लगाए ।

लामिछानेले प्रधानमन्त्री प्रचण्ड जनतालाई राहत दिने, मुलुकको महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित हुने भन्दा पनि सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाउँदै भने, ‘सरकार जनतालाई राहत दिने, मुलुकका महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित रहनेभन्दा पनि सरकारले आफूलाई टिकाउनुपर्ने जिम्मेवारी बढी भएका कारणले सरकार कता–कता अलमलिएको हो कि ? भन्ने कुरा म सम्माननीय सभामुख महोदयमार्फत् सदनलाई जानकारी गराउन चाहन्छु ।’

उनले राज्यका संयन्त्रहरुले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेपनि सरकारले बेवास्ता गरेको आरोप लगाए ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणकै विषयलाई लिएर मैले यही सदनमा हाम्रो दलको तर्फबाट विशेष समितिको माग गरेको थिएँ । कारण के थियो भने– जुन ढंगले यसको इन्भेस्टिगेशन भइरहेको थियो । त्यहाँ इन्भेस्टिगेशन गर्ने इन्टिच्यूटहरुको बारेमा प्रश्नहरु आए । अनेक कुराहरु आए । तर, त्यस विषयमा छानविन अगाडि बढन सकेन । र, अहिले जुन ढंगले छानविन सकिएको त छैन । तर, जुन परिणामहरु आइरहेको छ । त्यसले हाम्रा प्रश्नहरुको उत्तर नै दिन सकेन ।’

प्रतिक्रिया दिनुहोस्