Logo
Logo

नेपालभाषा अध्ययन गर्ने छात्रालाई नीलपद्म छात्रवृत्ति दिने घोषणा


2k
Shares

काठमाडौं । नेपालभाषालाई माध्यम भाषाका रुपमा लिएर अध्ययन गर्ने छात्रालाई छात्रवृत्ति दिने उद्देश्यले नीलपद्म छात्रवृत्तिको घोषणा गरिएको छ । वरिष्ठ मानवअधिकारकर्मी तथा पूर्वस्वास्थ्य मन्त्री पद्मरत्न तुलाधरकी पत्नी नीलशोभा तुलाधरको पहिलो पुण्य तिथिको सन्दर्भ पारेर छात्रवृत्तिकालागि नीलपद्म अक्षयकोष खडा गरिएको कुरा परिवारले जनाएको हाे ।

नेपालभाषालाई माध्यम भाषा बनाएर पठनपाठन हुने जगत सुन्दर ब्वनेकुथिमा अध्ययन गर्ने आवश्यकतामा रहेका जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति दिइने बताइएको छ । आउने दिनहरुमा कोषमा रकम थप्दै जाने योजना रहेको बारे सुम्निमा तुलाधरले जानकारी दिए ।

सो कार्यकालागि स्वर्गिय तुलाधर दम्पतिका सन्तान सुजन रत्न तुलाधर, सर्वन रत्न तुलाधर, सुनिता ताम्राकार तुलाधर र सुम्निमा तुलाधरले संयुक्त रुपमा कोष खडा गर्नुभएको हो । स्व पद्म रत्न तुलाधर जगत सुन्दर व्वनेकुथिका संस्थापक मध्येका एक थिए ।

यही सातामात्रै नेपाल सरकारले वरिष्ठ मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको नाममा हुलाक टिकट सार्वजनिक गरेको छ । पाँच विशिष्ठ व्यक्तिहरुको हुलाक टिकट सार्वजनिक गर्ने क्रममा वरिष्ठ मानवअधिकारकर्मी तुलाधरको नेपाल संवत उल्लेखित १० रुपैंयाको टिकट प्रकाशनमा ल्याएको हो ।

तुलाधरसँगै सगरमाथा आरोही आङरिता शेर्पा, कालजयी गायिका कोइली देवी, साहित्यकार पूर्णप्रकाश नेपाली यात्री, माधवप्रसाद देवकोटाको हुलाक टिकट पनि सार्वजनिक गरेको हो ।

विद्यालयमा नेपालभाषालाई माध्यम भाषाका रुपमा लिएर अध्ययन गर्ने छात्राहरुलाई छात्रवृत्ति दिने उद्देश्यले नीलपद्म छात्रवृत्ति कोषको घोषणा भएको कुरा सम्निमा तुलाधर ले जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्