Logo
Logo

मन्त्री सिंह दम्पतीको अन्त्येष्टि आज


1.3k
Shares

बझाङ । जीप दुर्घटना परी दिवंगतभएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवीको अन्त्येष्टि आज (शनिबार) गरिँदैछ।

कान्छा छोरा नर्वेबाट आउन समय लागेकाले सिंह दम्पतीको अन्त्येष्टि चार दिनपछि गर्न लागिएको नेपाली कांग्रेस पूर्व पार्टी सभापति हर्कजं‌गबहादुर सिंहले बताए ।

बुधबार जिल्ला अस्पतालमा राखिएको मन्त्री सिंह दम्पतीको पार्थिव शरीर शनिबार ९ बजे जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराई ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली अर्पण गरेर दिउँसो सेती नदीस्थित धौला बगर मसान घाट डुंग्रीमा अन्त्येष्टि गरिने भएको हो।

डडेल्धुराबाट गृहजिल्ला बझाङ आउने क्रममा मंगलबार मन्त्री सिंहसहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा परी मृत्यु भएको थियो। मन्त्री सिंह सवार सुपप्र ०१ ००१ झ ४८० नम्बरको जीप मंगलबार दिउँसो साढे १ बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो।

मन्त्री सिहको शव मंगलबार राती नै धनगढी ल्याएर बुधबार धनगढी रंगशालामा श्रधाञ्जलि अर्पण पश्चात हेलिकप्टरमार्फत् गृह जिल्ला बझाङ ल्याइएको थियो। मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका पीएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीलाई थप उपचारका लागि कोहलपुरबाट काठमाडौं लगिएको छ।

प्रतिक्रिया दिनुहोस्