
कास्की । पोखरामा सञ्चालन भएको दुई दिने ड्रागन बोट रेस प्रतियोगितामा चिनियाँ टोलीले उपाधि हात पारेको छ।
शुक्रबारदेखि सूरु भएको प्रतियोगिता अन्तर्गत आज (शनिबार) भएको फाइनल खेलमा चिनियाँ टोली च्याक्पियन बनेको छ भने नेपालले दोस्रो स्थानमा चित्त बुझाएको हो।
नेपालको २ टिम र चिनियाँ २ टिमबीच उपाधीका लागि अन्तिम प्रतिस्पर्धामा थिए। जसमा युनान ड्रागन बोट टिम प्रथम भएको हो। फेवातालमा उपाधिको लागि भएको अन्तिम प्रतिस्पर्धामा नारा नेपाल टिम दोस्रो र सिचुवान ड्रागन बोट टिम तेस्रो भएको हो।
शुक्रबार भएको खेललमा नेपालको तर्फबाट प्रतिस्पर्धामा सहभागी ४ टिम मध्ये ‘नारा ड्रागन बोट टिम’ र ‘एनआसीए ड्रागन बोट टिम’ले अन्तिम ४ मा स्थान बनाएउन सफल भएका थिए।
प्रथम हुने टिमले नगद ५ लाख ५० हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्। कुल ३० लाख नगद पुरस्कार राशि भएको यो प्रतिस्पर्धा शुक्रबार सुरु भएको थियो।











