Logo
Logo

सन्दीपले लिए दाेस्रो विकेट


2.8k
Shares

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेल नेदरल्यान्ड्सविरुद्ध शनिबार भएको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । नेपालका स्पिनर सन्दीप लामिछानेले नै दोस्रो विकेट लिएका हुन् । उनले दोस्रो विकेटका रुपमा वेस्ली बारेसीलाई तीन रनमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका हुन् ।

त्यसअघि पहिलो विकेट पनि सन्दीपले लिएका थिए । सन्दीपले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान बिक्रमजित सिंहलाई ३० रनमा एलबीडब्लू आउट गराएका थिए ।

एक सय ६८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १५ ओभरमा दुई विकेट गुमाएर ९७ रन बनाएको छ । नेदरल्यान्ड्सलाई जितका लागि ३५ ओभरमा ७१ रन आवश्यक छ । आजको खेल नेपाललाई जित्नैपर्ने दवाब छ

प्रतिक्रिया दिनुहोस्