काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट चरणको अन्तिम खेलमा नेपाल नेदरल्याड्ससँग सात विकेटले पराजित भएकाे छ । शनिबार भएको समूह चरणको खेलमा नेपाली टोलीले नमज्जाले हार बेहोरेको हो ।

जिम्बाब्वेमा खेलिएको खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा अलआउट हुनुअघि एक सय ६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको हो ।
नेदरल्यान्ड्ससँग पराजित भएसँगै नेपाली टोली सुपर सिक्स चरणमा पुग्ने सम्भावना सकिएको छ । नेपाललाई हराएपछि नेदरल्यान्ड्स सुपर सिक्स चरणमा पुगेको छ । अब नेपालले अब प्लेअफ चरणको खेल खेल्नेछ ।














