
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को आजबाट बिधान अधिवेसन सुरू हुँदैछ ।
आज देखी सुरु हुने बिधान अधिवेसनको अन्तिम तयारी तथा मस्यौदा बिधान अनुमोदनका लागि हिजो (शनिबार) केन्द्रिय समिति बैठक बसेको थियो । उक्त बैठकले मस्यौदा बिद्यानलाई अनुमोदन गरे पछि आजको बिद्यान महाधिवेसनमा पेश हुन लागेको हो ।
सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार सो अधिवेसन आज देखी नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ । संघीय परिषद खारेज गरिएको प्रस्तावित विधान मार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किदै छ ।
आजको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८ सय प्रतिनिधिहरु सहभागी हुँदैछन् ।
विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । १२ गते विधानमाथि नेताहरुले धारणा राख्ने गरी कार्यतालिका बनाइएको छ ।
पटक पटक सर्दै आएको सो विधान अधिवेसन यसअघि चैत्र २७, २८ र २९ गते गर्ने निर्णय गरेको थियो ।














