Logo
Logo

ईपीएस कोरिया शाखामा सयाैं युवाको धर्ना


1.7k
Shares

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा कोरिया जान नपाएको भन्दै युवाहरुले धर्ना दिएका छन् ।परीक्षा दिएर पास भएको तर कोरिया जान नपाएको भन्दै आइतबार बिहान सयौं युवाहरुले ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना दिएका हुन् ।

धर्ना दिन पुगेकाहरुमा कोरियामा ५ वर्ष बसेर आएकाहरू रहेका छन् । कोरियामा एक पटक पाच वर्ष काम गरेर फर्किएकाहरू पुनः परीक्षा दिएर जान पाउने व्यवस्था छ । सोहि आधारमा परीक्षा दिएर पास भएकाहरू रोजगारदाताको छनौटमा पर्न सकेका छैनन् ।

उनीहरूले ईपीएस कोरिया शाखाले विभेद गरेको आरोप लगाएका छन् । तर, शाखाले भने छनौटको काम रोजगारदाताले मात्र गर्न पाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्