Logo
Logo

माङसेबुङ गाउँपालिकाले दिन थाल्यो श्रम स्वीकृति


3.5k
Shares

इलाम । माङसेबुङ गाउँपालिकाले श्रम स्वीकृति दिन थालेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बुद्धि खतिवडाले आइतबार पहिलोपटक टेकेन्द्र रानालाई स्वीकृति पत्र उपलब्ध गराएका हुन् ।

रानाले कतार जानका लागि पालिकाबाटै पहिलोपटक श्रमस्वीकृति लिन पाउँदा खुशी व्यक्त गरे । यसअघि असार ५ गतेबाट पाँचथरको मिक्लाजुङ गाउँपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको थियो । पहिलोपटक श्रम स्वीकृति मिक्लाजुङका भक्तबहादुर राईलाई श्रम स्वीकृतको प्रमाण–पत्र गाउँपालिका अध्यक्ष अमरराज माखिमले प्रदान गरेका थिए । गाउँपालिकाबाटै श्रम स्वीकृति पाउन थालेपछि वैदेशिक रोजगारीमा जानेहरु खुसी भएका छन् ।

सरकारले गत २०७९ चैत्र १६ गतेको मन्त्री परिषद्को निर्णय अनुसार स्थानीय सरकारको स्थानीय रोजगार सेवा केन्द्रमार्फत श्रम स्वीकृति दिन निर्देशन दिएको थियो । साही अनुसार स्थानीय तहबाटै श्रम स्वीकृति दिन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्