काठमाडौं । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेको छ । आइतबार दिउँसो १ देखि २ बजेसम्म नापजाँच गर्ने भन्दै टोली पशुपतिनाथमा पुगेको हो ।

जलहरी राख्दा अनियमिमता भएको खबर सार्वजनिक त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ । अख्तियारको टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू छन् ।
उनीहरूले जलहरीको तौल, सुनको गुणस्तर, तोकिएभन्दा कम रहे/नरहेकोलगायत विषयमा परीक्षण गर्नेछन् । जलहरीमा ११ केजी सुन घोटाला भएको र त्यसमा कोषकै पदाधिकारी संलग्न रहेको पाइएको छ ।











