काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सेयर बजारको परिसूचक तीव्र वृद्धि भएको छ । आइतबार नेप्से सूचक ६२.२१ अंकको वृद्धि हुँदै २१ सय १७.७३ अंकको विन्दुमा उक्लिएको हो ।

आइतबार कारोबारमा समेत तीव्रता आएको छ । आज ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ४७ लाख ५१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । आइतबार लाइफ इन्स्योरेन्स कम्पनी कर्पोरेशन, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबी ५० मुचुअल फण्ड र सामलिङ पावर कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ ।
आइतबार १३ वटै उपसूचक धनात्मक हुँदा बजार हरियाली बनेको छ । आइतबार जीवन बीमातर्फको सेयर मूल्य आकासिँदा बजार हरियाली बनेको हो ।











