काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्धको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । आइतबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा बालेनविरुद्धको रिट परेको थियो ।

बालेनको अभिव्यक्ति संविधान विपरीत र कानूनी शासनको प्रतिकूल रहेको भन्दै अधिवक्ता बर्षाकुमारी सर्वोच्चमा झाले अदालतको अवहेलनामा रिट दर्ता गराएकी थिईन् । उक्त रिटमाथि सुनुवाइका लागि आइतबारको पेसी तोकिएको थियो । रिट निवेदनको अन्तिममा रहेको अधिवक्ता झा को रिट हेर्न न्भ्याउनेमा परेको हो ।
बालेनले आदिपुरुष फिल्ममा समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनैपनि फिल्न चल्न नदिने घोषणा गरी फिल्म हलहरुमा महानगर प्रहरी खटाएका थिए ।
उच अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासबाट उक्त आदेश खाएको खबरलगत्तै बालेनले सार्वधौमिकता र स्वाधीनताको सवालमा अदालतको आदेश पनि नमान्ने बताएका थिए । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानून र अदालतलाई मान्ने वाला छैन ।’ बालेनले सामाजिक सञ्जालमा लेखेका थिए ।











