काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत तीन लाख रुपैयाँको घातक रोगको बिमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला राममाया अधिकारीलाई सानिमा दीर्घायु बचत योजनाअन्तर्गत दाबी भुक्तानी दिएको हो ।

बैंकका बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बिमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरेको जनाइएको छ । बिमित अधिकारीले सानिमा बैंकको धादिङबेँसी शाखामा उक्त योजनाअन्तर्गत बचत खाता खोलेको बैंकले जनाएको छ ।
बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बिमा, तीन लाख रुपैयाँसम्मको १३ घातक रोगको उपचार बिमा, १० हजार रुपैयाँसम्मको ओपिडी भुक्तानी शुल्कसहितको ५० हजार रुपैयाँसम्मको औषधि उपचार बिमा, ५० हजार रुपैयाँको आवधिक जीवन बिमा र पाँच हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।
बैंकले हाल देशका सातै प्रदेशमा एक सय ३२ कार्यालय तथा एक सय २२ वटा एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।














