Logo
Logo

अवैध मदिरा खरिद-बिक्री गर्नेलाई कारबाहीको चेतावनी


882
Shares

काठमाडौं । आन्तरिक राजस्व विभागले अवैध मदिरा खरिद तथा बिक्री भइरहेको भन्दै कारबाहीको चेतावनी दिएको छ । अन्तःशुल्क ऐन २०५८ तथा नियमावली २०५९ बमोजिम इजाजतपत्र नलिई अवैध मदिरा खरिद बिक्री भइरहेको भन्दै विभागले कारबाहीको चेतावनी दिएको हो ।

‘इजाजतपत्रवालाले मात्र स्वदेशी तथा विदेशी मदिराको कारोबार गर्नुपर्ने, अन्तःशुल्क टिकट लगाइएका मदिराहरूको मात्र खरिदबिक्री गर्नुपर्ने तथा विदेशबाट पैठारी भई आएका मदिराजन्य वस्तुमा विभागले तोके बमोजिमको स्थानमा अन्तःशुल्क टिकट टाँस गरेर मात्र बिक्रीवितरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ,’ विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ ।

बजार अनुगमनका क्रममा विभिन्न व्यवसायी, होटेल, क्यासिनो, पार्टीप्यालेस, व्यांकेट, रेष्टुरेन्टले अवैध रूपमा चोरी पैठारी भई आएका विभिन्न ब्राण्डका विदेशी मदिराको भण्डारण, सञ्चय, खरिदबिक्री एवम् प्रयोग गरिरहेको पाइएको विभागले जनाएको छ ।

‘अनुगमनका क्रममा कोही कसैले कानुनी व्यवस्थाको उलंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरासमेत सूचित गरिन्छ,’ विभागको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्