Logo
Logo

इलामको माङ्सेबुङमा आगलागी, ८ घर जलेर नष्ट


3.1k
Shares

माङ्सेबुङ । इलामको माङ्सेबुङ–५ बा¥हलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा ८ घर जलेर नष्ट भएको छ ।

समिर चेम्जोङको घरबाट लागेको आगलागीले ८ घर जलेर नष्ट भएको स्थानीय सुमन लाओतीले जानकारी दिए । मंगलबार राति २ बजेदेखि भएको आगलागीले जलेर घरहरु पूर्ण क्षति भएको छ । आगलागीले मानवीय क्षति भने नभएको बताइएको छ ।

स्थानीयहरुको सहभागितामा आगो निभाउने प्रयास भइरहेको बताइएको छ । आगलागी अझैँ नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकीछ । आगलागी के कारणले भएको खुल्न नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्