Logo
Logo

झापामा ट्रकको ठक्करबाट बाबु छोरीको मृत्यु


945
Shares

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा ट्रकको ठक्करबाट कारमा सवार दुइ जनाको मृत्यु भएको छ ।

आज (मंगलबार) बिहान ७ बजे प्र–१–०२–००१ क ३८७९ नम्बरको ट्रकले र विपरित दिशा बाट आइरहेको प्र–१–०१–००च ७४८२ नंम्बरको को कारलाई बक्कर दिँदा कारमा सवार दुई जनाको मृत्यु बाबु छोरीको मृत्यु भएको हो।

दुर्घटनामा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १८ वर्षीया कुमकुम चौधरी छन्। दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो।

उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। दुर्घटनामा परि घाइत भएका मृतक चौधरीका छोरा १० वर्षीय विकेश चौधरीसहित ४० वर्षीया सुजिता चौधरी, ३६ वर्षीया रन्जु चौधरी, १९ वर्षीय रिकेश न्यौपाने र ४० वर्षीया मुना शाहको बिएन्डसी अस्पतालमा उपचार भइरहेको रिजालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्