Logo
Logo
ललिता निवास प्रकरण

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ


17.1k
Shares

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । एआईजी किरण बर्जाचार्यका अनुसार सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै यो सङ्ख्या थपिएको हो ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

उनीहरूलाई आजै सरकारी कागजात कीर्तेमा म्याद थप गर्ने तयारी छ । डेढ वर्षअघि महान्यायाधीवक्ताको हस्तक्षेपका कारण रोकिएको अनुसन्धान प्रहरीले पुनः सुरु गरेको हो ।

यसअघि अख्तियारले सोही प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री विजय गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्