Logo
Logo

ललिता निवास प्रकरण : यी हुन् मुद्दा दायर भएका १७५ आरोपित


18.3k
Shares

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा हिनामिनाको फाइल खोलेर प्रहरीले फेरि अनुसन्धान अघि बढाएको छ । ‘हाई प्रोफाइल’ जोडिएको यो अनियमितताको अनुसन्धान पाँच वर्षदेखि हुँदै आए पनि राजनीतिक दबाबका कारण मुद्दा दायर हुन सकेको छैन ।

यस प्रकरणमा मुछिएका व्यक्तिहरूलाई मंगलबारबाट प्रहरीले पक्राउ गर्न थालसँगै यसको पुन चर्चा चुलिएको छ । मंगलबार केन्द्रीय अनुसन्धान ब्युरोले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये तीन जना रिहा भइसकेका छन् भने गुरुङसहित ४ जना प्रहरी हिरासतमा छन् ।

यस प्रकरणमा जोडिएका अन्य व्यक्तिहरूलाई पनि पक्राउ गर्ने तयारी भइरहेको जानकारी प्रहरीले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ १२ गते पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार र पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, अख्तियारका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको पनि नाम मुछिएकोमा अख्तियारले मन्त्रिपरिषद्को निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए । तर, यस मुद्दाको हालसम्म किनारा लागेको छैन ।

यस प्रकरणमा हाई–प्रोफाइलसहितका १७५ जनाविरुद्ध मुद्दा चलाइए पनि १ जना शोभाकान्त ढकाल मात्रै थुनामा रहेका छन् ।
अहिलेसम्म १३३ जनासँग अदालतले थुनछेक बहस समेत गरिसकेको छ । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात धरौटीमा रिहा भएका थिए ।

बस्न्यातलाई २०७७ मंसिर २८ गते विशेष अदालतले थुनामा राख्न आदेश दिएको थियो । थुनछेक बहस सकिएकामध्ये ५४ जना विशेष अदालतबाट साधारण तारेखमा रिहा भएका छन् । बाँकी ७७ जनासँग २० हजार रुपैयाँदेखि २ करोड रुपैयाँसम्म धरौटी लिएर छाड्ने आदेश भएको छ ।

प्रतिक्रिया दिनुहोस्