Logo
Logo

‘संसदलाई गरिमामय बनाउन सञ्चारमाध्यमकाे भूमिका आवश्यक’


567
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद र संसद्को भूमिकालाई जनतासमक्ष पु¥र्याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण भएको बताएका छन् । शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनको उद्घाटन गर्दै सभामुख घिमिरेले जनप्रतिनिधिका विषयजस्ताको तस्तै जनतामा पु¥याउने काम महत्वपूर्ण हुने बताएका हुन् ।

उनले सञ्चारमाध्यमसँग आगामी दिनमा पनि सहकार्य जारी रहने स्पष्ट पारे । संसदलाई गरिमामय बनाउनका लागि पनि सञ्चारमाध्यमले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय मामिलाका समाचार सम्प्रेषण गर्ने समाजको भूमिका महत्वपूर्ण रहेको बताए । उनले मिडिया काउन्सिल विधेयक धेरै मेहनत गरेर तयार गर्दा राम्रो बनेको तर प्रतिनिधिसभामा गएर अघि बढन नसकेको बताए ।

उपसभामुख इन्दिरा रानामगरले पत्रकार राज्यको ऐना भएको हुनाले संसद्का सही सूचना बाहिर ल्याउन संसदीय पत्रकारको भूमिका उल्लेखनीय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्