Logo
Logo

सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढ्यो


1.4k
Shares

काठमाडौ। आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा ५ सय रुपैयाँले बढेको हाे ।

यो सँगै आजका लागि छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

गत शुक्रबार तोलामा छापावाल सुन १ लाख ९ हजार ६ सय रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ लाख ३७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्