
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध संघीय कानून व्यवसायी एसोसिएसनको राष्ट्रिय सम्मेलन हुुने भएको छ । शुक्रबार सम्पन्न संगठनको बैठकले आगामी साउन ५ र ६ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय सम्मेलन सम्पन्न गर्न व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार प्रसार समिति र जनसम्पर्क समिति गठन गरेको छ । काठमाडौको बुढानिलकण्ठ शिवपुरीस्थित नोभा रिसोर्टमा सम्मेलनको आयोजना हुने भएको छ । यो संगठन पार्टीमा बौद्धिक पेसाकर्मी महासंघ अन्तर्गतको घटक संगठनको रुपमा रहेको छ ।














