Logo
Logo

विवादमा परेपछि गाैतमको प्रष्टीकरण- सरकार गठनका लागि निकास दिएको हुँ


3.3k
Shares

काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनको भूमिकालाई लिएर प्रश्न उठेको छ ।

सभामुख गौतमको हस्ताक्षरबाट नेपाली कांग्रेसका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि उनको भूमिकालाई लिएर विपक्षी र सत्ता पक्षकै नेताहरुले प्रश्न उठाइरहेका छन् ।

संविधान विपरीत सरकार निर्माणमा सहभागिता जनाएको भन्दै आलोचना भइरहेको बेला गौतम भने आफ्नो कदमको बचाउमा उत्रिएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले प्रदेशमा सरकार गठन नै नहुने अवस्था सिर्जना भएपछि निकास दिनका लागि हस्ताक्षर गरेको बताएका छन् ।

‘प्रदेशलाइ निकासविहीन राख्न सक्थ्यौँ त हामीले ? भन्दा निकासविहीन पनि राख्न सक्दैनथ्यौँ । समिकरण कति टिक्छ उहाँहरुले जान्ने कुरा हो । तर अहिले मैले निकास दिनु पर्थ्यो र निकास दिएको हो,’ उनले भने ।

उनले परिस्थिति परि आए आफू राजीनामा दिन समेत तयार रहको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्