Logo
Logo

समाजवादी मोर्चाको बैठक सुरु


1.4k
Shares

काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरु भएको छ । समाजावादी मोर्चा घोषणा गरिएपछिको यो पहिलो बैठक हो । बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, अलोकनगरमा सुरु भएको हो ।

बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्य योजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने बताइएको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाइमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्