Logo
Logo

पुनः आन्दोलनमा उत्रिए मिटरब्याजीपीडित


567
Shares

काठमाडौं । मिटरब्याजपीडित पुनः आन्दोलित भएका छन् । मिटरब्याजपीडितलाई कानुनी न्याय दिन सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएपछि मिटरब्याजीपीडित पुनः संघर्षमा उत्रिएका हुन् ।

पीडितले आइतबार मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन ल्याउन माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले मिटरब्याज विरुद्धको नयाँ कानून पारित गराउन माग गर्दै माइतीघरबाट प्रदर्शन गरेका छन् । साथै, उनीहरुले नयाँ बानेश्वरस्थित संसद भवन नजिक प्रर्दशन गरेका छन्

मिटरब्याज पीडितहरूले सरकारले जाँचबुझ र अनुसन्धानका नाममा जिल्लामा बनाएको सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको समन्वय समितिले पीडितहरूलाई दबाबमा राखेर जबर्जस्ती सहमति पत्रमा हस्ताक्षर गर्न लगाएको गुनासो गरेका छन् ।

सो समितिले साहुकरको प्रभावमा परेर साहुकरलाई उन्मुक्ति दिने र पीडितहरूको उजुरीलाई कमजोर पार्ने भूमिका खेलिरहेको आरोप लगाएका छन् । मिटरब्याजपीडित संघर्ष समिति र सरकारका बीचमा गत १७ चैतमा सहमति लागू गर्न माग गरेका छन् भने मिटरब्याजलाई दण्डनीय गर्ने व्यवस्थासहितको ऐन जारी गर्न माग गरेका छन् ।

सरकारले मिटरब्याजसम्बन्धी अध्यादेश जारी गरी जाँचबुझ आयोगमार्फत् उजुरी लिएर छानविन अघि बढाएपछि पीडितहरुको आन्दोलन मत्थर भएको थियो । तर, प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध पारेपछि सरकारले जारी गरेको अध्यादेश संसद्बाट कानुनका रुपमा पारित हुन नपाई निष्क्रिय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्