काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले मिटरब्याज पीडितहरुको आन्दोलनलाई एक्यवद्धता जनाएको छ ।

सरकारले समस्या समाधानका लागि २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भएपछि पीडितहरुको आन्दोलनलाई संघले एक्यवद्धता जनाएको हो ।
युवा संघले सरकारसंग पीडितहरुलाई न्याय र अविलम्ब संसदबाट विधेयक पारित गर्न माग गरेका छन् । संघका उपमहासचिव एवं प्रवक्ता सन्जिप राइले सामाजिक संजाल फेसबुक मार्फत धारणा व्यक्त गर्दै देशभक्त-प्रगतिशील, लोकतान्त्रिक-समाजवादी युवाहरूलाई आन्दोलनमा उत्रन आह्वान गर्दै युवा संघ नेपालको एक्यवद्धता रहेको जानकारी गराएका छन् ।
प्रवक्ता राईले सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक षड्यन्त्र पुर्वक संसदबाट निष्क्रिय तुलाएको र यो मानव मारा दलाल पुजीवादी व्यवस्थाको फेरि एक पल्ट डटेर सामना गर्न, मिटरब्याजी सांसदहरु र दलको पहिचान गर्न आग्रह गरेका छन् ।










