Logo
Logo

पूर्व प्रदेश सांसद पक्राउ परेपछि एमालेको विरोध


34.3k
Shares

काठमाडौं । पूर्व प्रदेश सांसद दानसिंह परियार पक्राउ परेपछि एमालेले विरोध प्रदर्शन गरेको छ । 

पूर्वाधार विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त बुढ्थापामाथि कुटपिट गरेको आरोपमा परियार छायाँनाथरारा नगरपालिका वडा नं ६ का वडाध्यक्ष खेमबहादुर रावललाई प्रहरीले पक्राउ गरेको थियो ।

दुवै जनालाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रियाअघि बढाएपछि सोमबार रिहाइको माग राखेर एमाले मुगुका नगर ईन्चार्ज डम्बर बहादुर रावलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मुगुमा विरोध प्रदर्शन गरेका छन् ।

शनिबार पूर्वाधार विकास कार्यालय प्रमुख इन्जिनियर दत्त बुढ्थापालाई सडक योजना सम्झौताअनुसार सबै रकम भुक्तानी नगरेको आरोप लगाएर कार्यालय हाताभित्रै पूर्वसांसद परियार र वडाध्यक्ष रावलले हातपात गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस्