
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तोसिमा कार्कीले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेका छन् ।
मन्त्री बस्नेतले दरबन्दी र कार्यक्षेत्रको माग गर्दै आएका स्वास्थ्यकर्मीहरूलाई ‘आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गारो भए मन्त्रीकै गेटमा झुन्डिए हुन्छ’ भन्ने अभिव्यक्ति दिएपछि उनले राजीनामा मागेका हुन् ।
स्वास्थ्यकर्मीहरुले मन्त्रालयसँग दरबन्दी व्यवस्थापनका लागि आग्रह गरेका थिए । त्यसक्रममा उनीहरुले भनेका थिए– ‘काम गर्न गाह्रो भएर आत्महत्या गरौँ जस्तो भयो कार्य क्षेत्रको व्यवस्थापन गरिनुस् ।’
तर मन्त्री बस्नेतले सहयोग गर्नुको सट्टा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै कार्की आक्रोशित भएका हुन् ।











