Logo
Logo

स्वास्थ्यमन्त्री र बेलायती कार्यबाहक राजदूतबीच भेटवार्ता


441
Shares

काठमाडौं । बेलायती राजदूतावासका कार्यबाहक राजदूत पिप्पा बर्डले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसंग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बुधबार मन्त्रालयमा भएको भेटवार्तामा स्वास्थ्य क्षेत्रमा भएको दुईपक्षिय सहयोग र सम्झौताका बिषयमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास अपेक्षा रहेको बताए ।

सो क्रममा कार्यबाहक राजदूत बर्डले नेपाल र बेलायतबीच पुरानो दौत्यसम्बन्ध भएको बताएका थिए । त्यस्तै उनले नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरण गर्दै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्विमा सहयोग गर्न बेलायत सरकार प्रतिबद्ध रहेको बताएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्