
काठमाडौं । सरकारले असार मसान्तमा पनि रकम भुक्तानी नगरेपछि निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
विनाबजेटको आयोजना टेण्डर गरेर सरकारले भुक्तानी नगरेपछि आफूहरू सडकमा आउन बाध्य भएको भन्दै ठेकेदारहरू आज बिहानैदेखि माइतीघरमा विरोधमा उत्रिएका हुन् ।
उनीहरूले अर्थमन्त्री प्रकाशशरण महतको राजीनामासमेत माग गरेका छन् । काम गरेको बिल पेश गर्दा पनि भुक्तानी रोकिएको र रकम मूल्यवृद्धि निरन्तर भइरहेको भन्दै आयोजनाको खर्च समायोजन नगरेकोमा पनि व्यवसायीहरुको हरूको गुनासो छ ।
बैंक, सप्लायर्स, कामदार जताततै उधारो बाँकी हुँदा आफूहरूले आत्मदाह गर्नुपर्ने अवस्था आइलागेको उनीहरूले बताएका छन् । व्यवसायीहरूले काम गरेको पैसा नदिएर उल्टै ठेकेदारलाई बदनाम गरेको बताएका छन् । मूल्य समायोजन कार्यान्वयन गर्नुपर्ने, निर्माण कार्यको म्याद थप गर्नुपर्नेलगायतका माग राखेका छन् ।











