काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगेका छन् । उनी आज काठमाडौ आइपुगेका हुन् ।
अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशियासम्बन्धी मामला हेर्ने लू दक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आएका हुन् । उनले आजै परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

लूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । अमेरिकी सहायक विदेशमन्त्री लूको यो तेस्रो नेपाल भ्रमण हो ।











