काडमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । । डोनाल्ड लू आजै शुक्रबार नेपाल आइपुगेका हुन् । नेपाल भ्रमणमा आइपुगेकै दिन सहायक विदेशमन्त्री लु धुम्बाराही पुगेर देउवालाई भेटेका हुन् ।

अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री लू एकदिने नेपाल भ्रमणका आएका हुन् । शुक्रबार नै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा उनले अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ । साथै, अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग पनि लूको भेटघाट कार्यक्रम रहेको बताइएको छ ।














