काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ ।

अर्यालका साथै व्यवसायी सिद्धार्थ थापालाई प्रहरी पनि प्रहरीले नियन्त्रणमा लिएको हो । थापा राष्ट्रिय सभाका सदस्य सुनिल थापाका छोरा हुन् ।
पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।














