Logo
Logo

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, एक बिद्येयक फिर्ता हुने


882
Shares

रूपन्देही । लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक शनिबार दिउँसो १ बजे बस्नेगरी आह्वान गरेको प्रदेश संसद सचिवालयले जानकारी दिएको छ ।

गत असार २० गते राति लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचना अनुसार लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको १९औं बैठक असार ३० गते शनिबार दिउँसो १ बजेका लागि सभामुखको निर्देशनअनुसार आह्वान गरिएको हो ।

प्रदेश निजामती सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नती ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने सम्भावित कार्यसूची रहेको सचिव पुनले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो। प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक शनिबारको प्रदेशसभा बैठकबाट फिर्ता गर्ने तयारी थालिएको छ।

प्रतिक्रिया दिनुहोस्