Logo
Logo

मोबाइल नेकर्वक बन्द गरेर बम निष्कृय


- दृष्टि न्युज/संवाददाता


रौटहट, ९ पुस । इशनाथ नगरपालिकाको कार्यालय नजिकै भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । ज्ञात व्यक्तिले झोलामा शंकास्पद रुपमा प्रेसरकुकर राखेका थिए । जसमा मोबाइल फोन जोडिएकाले सेनाले मोबाइलको नेटर्वक बन्द गराएर निष्कृय गरेका थिए ।
आज बिहान करिब सवा नौ बजेतिर कार्यालय परिसरमा झोलामा प्रेसरकुकर, तार तथा मोबाइल समेत जडान गरी राखेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
झोलामा रहेको सो बस्तु बम हुन सक्ने आशंकामा प्रहरीले मोबाइल नेटवर्क बन्द गर्न लगाएको थियो । प्रहरीले टेलिकमलाई मोबाइल नेटवर्क बन्द गर्न लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले बताए । नेपाली सेनाको इन्द्र बक्स गणबाट खटिएको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएपछि मोबाइल सेवा सुचारु भएको छ । उक्त शंकास्पद वस्तु कसले राखेको हो भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्