Logo
Logo

स्कोरपियोको ठक्करबाट दुईको मृत्यु


- दृष्टि न्युज/संवाददाता


राजविराज, ९ पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा स्कोरपियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक सप्तरी, राजगढ गाउँपालिका–६ बस्ने ३५ वर्षीय राकेशकुमार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
यस्तै मोटरसाइकलको पछाडि सवार सोही गाउँपालिका बस्ने ३५ वर्षको प्रभात यादवको राजविराजस्थित गजेन्द्र नारायण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको उनले बताए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको च१च १३८१ नंको स्कोरपियोले विपरीत दिशाबाट आउँदै गरेको यादव सवार स१०प ८२५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्