
काठमाडौं । अविरल वर्षासँगै आएको बाढीका कारण कैलालीमा झण्डै २५० घरपरिवार विस्थापित भएका छन् ।
सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलारी गाउँपालिकाका धेरै ठाउँमा डुवान भएको छ । घरभित्र पानी पसेपछि स्थानीयलाई उद्धार गरी सुरक्षित स्थानमा सार्न थालिएको छ।
कैलारी गाउँपालिकाका–७ का वडाध्यक्ष दिपेन्द्र बमका अनुसार गाउँपालिकाका भुँइयाँफाटा, रामपुर, वसन्ता, नारायणपुर लगायतका बस्तीमा पानी पसेर २५० घरपरिवार विस्थापित भएका छन् ।
डुवान क्षेत्रका बासिन्दालाई अहिले स्थानीय विद्यालयमा राखिएको छ । लगातार पानी परिरहेका कैलालीको कर्णाली नदीमा जलसतहसँगै पानीको बहाव बढ्दै गएको छ ।














