Logo
Logo
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण

सिआइबीको अपरेशनमा हालसम्म को-को डाक्टर समातिए ? (सूचीसहित)


10.3k
Shares

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुमेरू सिटी हस्पिटलकी डा. पुनम थापा चौधरीलाई पक्राउ गरेको हो ।

यससँगै सिआइबीले चलाएको फक्सट्रट चार्ली अपरेशनमा हालसम्म ८ जना पक्राउ परेका छन् । आज बिहान मात्रै इशान बाल अस्पताल धापासीमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङबाट मनिष चौधरी पक्राउ परेका थिए ।

ब्युरोले बिहीबार कांग्रेस सांसद् सुनिल शर्मासहित महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाहलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई ब्युरोले लाजिम्पाटस्थित आफ्नो नयाँ कार्यालयमा राखेको छ । ब्युरोकी निर्देशक किरण बज्राचार्यले विगतदेखि नक्कली प्रमाणपत्र वाहक चिकित्सकहरुमाथि भइरहेको अपरेशनकै निरन्तरतामा विभिन्न व्यक्तिहरु पक्राउ परेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्