
काठमाडौैं । नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरुले प्रदर्शन गरेका छन् ।
महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युज रूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा त्यसको विरोध प्रदर्शन गरेको हो ।
वर्षा र झरीको प्रवाह नगरी प्रदर्शनमा पुगेका पत्रकारहरुले सरकारी रवैयाको विरोधमा नरााबाजी गरेका छन् ।
नेपाल पत्रकार महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले प्रदर्शनलाई सम्बोधन गरेका थिए ।















