भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सुदन किरातीले स्थानीय बिहानी समुहलाई लामखुट्टे भगाउने एयरगन प्रदान गरेका छन् ।

गृहजिल्ला भ्रमणमा रहेका मन्त्री किरातीले भोजपुर सदरमुकाममा सरसफाइ गर्नुका साथै लामखुट्टे भगाउने एयरगन प्रदान गरेका हुन् । स्थानीय बिहानी समूहले हरेक शुक्रबार साप्ताहिक रुपमा गर्दै आएको सरसफाइमा उनी सहभागी भएका थिए । सोही क्रममा उनले लामखुट्टे भगाउने एयरगन दिएका हुन् ।
भोजपुर विमानस्थलमा बन्न लागेको नयाँ टर्मिनल भवन सिलान्यासका लागि गृहजिल्ला आएका मन्त्री किराती जिल्लाका ११ स्थानमा स्थानीय जनतासँग औपचारिक भेटघाट कार्यक्रममा सहभागी भएका थिए।














