Logo
Logo

‘माधव नेपाल भाग्ने खालको मान्छे होइन’


3k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणको छानबिनमा सहयोग गर्ने प्रतिवद्धता दोहोर्याएका छन् ।

यूरोप भ्रमण छोट्याएर सोमबार स्वदेश फर्किएका नेपालले भने, ‘बालुवाटार जग्गामा बदमासी भएको छ भने त्यसको छानबिन होस् । त्यसमा मेरो तर्फबाट जुन सहयोग गर्नुपर्ने हो, मेरो सहयोगी भूमिका रहनेछ ।’

पूर्वप्रधानमन्त्री नेपाल स्वयंले ललिता निवास जग्गा प्रकरणमा भएको घोटलाको विषयमा पटक पटक छानबिन गर्नुपर्ने माग राख्दै आएका छन् । तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाललाई उक्त काण्डमा फसाउने षड्यन्त्र गरे पनि विष्णु पौडेलको नाम जोडिएपछि हच्किएका थिए ।

नेपालले यसअघि पनि बालुवाटार जग्गा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने बताउँदै आएका छन् । ललिता निवास जग्गा प्रकरणको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।

ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णयमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि पूर्वप्रधानमन्त्री नेपाल र डा. बाबुराम भट्टराईमाथि विरोधीले अनावश्यक हल्ला चलाएका छन् । स्मरणीय छ, नेपाल र भट्टराई तुलनात्मक रुपमा स्वच्छ छविको नेतामा पर्छन ।

पूर्वप्रधानमन्त्री नेपाल यूरोपका चार देशको कार्यक्रममा सहभागी हुन साउन २२ गते यूरोप गएका थिए । स्वीटजरल्याण्ड र स्पेनको कार्यक्रमपछि क्रोसिया र बेलायतको भ्रमण रद्ध गरी नेपाल स्वदेश फर्किएका हुन् ।

संयोग, चार महिनाअघि नै निर्धारित कार्यक्रममा यूरोप जानुअघि अदालतको आदेश आएको थियो । अदालतले दोषी ठहर गरेको होइन । नीतिगत निर्णयमाथि पनि अनुसन्धान गर्नु मात्र भनेको हो । तर, विरोधीले अपराध गरेर भागे जसरी हल्ला फैलाए । कठिन अवस्थामा समेत चुनौतीको सामना गर्दै अगाडि बढेका नेपालको कानमा पनि त्यस्तो हल्ला पर्याे । उनले क्रोसिया र बेलायतको भ्रमण तत्काल रद्ध गरेर फर्किए ।

उनले विमानस्थलमै पत्रकार सम्मेलन गरेर भने, ‘म प्रधानमन्त्री भएको बेलामा पनि कतिपय जग्गा सम्बन्धी निर्णयहरू भएका थिए । त्यससँग जोडेर पनि पत्रपत्रिकामा मेरो बारेमा समाचार आयो । कसै कसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्ने कुरा बुझ्नुपथ्र्यो । गोली चल्ने बेलामा, गोली खाने बेलामा त नभाग्ने मान्छे, बदमासी, कुनै अपराध नगर्दा तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल हुँदै होइन । राजाले गिरफ्तार गर्न खोज्दा त नभाग्ने मान्छे म तपाईँहरू सबैलाई थाहा होला । २०६२ सालको कुरा गर्नुस, २०६१ सालको कुरा गर्नुस, २०३२ सालको कुरा गर्नुस । ती सबै सन्दर्भमा सबै चुनौतीहरुको सामना गर्ने मान्छे हुँ म । कुनै गल्ती नगरेको, अपराध नगरेको, बदमासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा भाग्यो भनेर लेख्नुअघि एकपटक सोच्नुपर्ने हो ।’

नेपाल र भट्टराईले अनुसन्धानमा सहयोग गर्ने सार्वजनिक प्रतिवद्धता जनाइसकेका छन् । अनावश्यक हल्ला फैलाउनेलाई नेपालले खुला चुनौती दिएका छन् । चुनौतीको सिधा सामना गर्न तयार छन् । ‘म विदेश जानेवितिक्कै केहीकेहीले त माधव नेपाल भागे । लुकेर बसेका छन् । उनको नेपाल फर्किने योजना पनि छैन । हिम्मत पनि छैन भनिसकेपछि मेरो पनि वानी के छ भने चुनौती नदिएसम्म त चुप लागेर बस्छु । चुनौती दिएपछि सिधा सामना गर्छु । म बोल्दिन बोलिसकेपछि तह लगाउनुछ भने तह लगाएरै छाड्छु ।’ नेपालले भनेका छन् ।

नबिराउनू, नडराउनूको मान्यतामा नेपाल दृढ छन् । उनले ललिता निवास जग्गा प्रकरणमा कुनै बदमासी नगरेको बताएका छन् । र, नितान्त असल मनसायले नेपाल सरकारको जग्गा नेपाल सरकारकै नाममा ल्याएको स्पष्ट पारेका छन् ।

‘नबिराउनू, नडराउनू । मेरो यो सुरुदेखिको मान्यता रहेको छ । मैले बिराएको छैन । कुनै बदमासी गरेको छैन । कुनै अपराध गरेको छैन । भ्रष्टाचार गरेको छैन । लेनदेन गरेको छैन । यो सबै स्थितिको कारणले म आत्तिएको छैन । तर, अलिकति चित्त दुखेको छ । चित्त किन दुखेको छ भने, केही गरौँला भन्यो, के पो भयो । देशको निम्ति केही गर्छु भनेर गर्न खोजेको पनि हो । त्यसमा मलाई पूरै खुशी र गर्व पनि लाग्छ । बदमासी भएको छ भने त्यसको छानबिन होस् । त्यसमा मेरो तर्फबाट जुन सहयोग गर्नुपर्ने हो, मेरो सहयोगी भूमिका रहनेछ ।’

नेपालले सात रोपनीभन्दा बढी जग्गा नेपाल सरकारको नाममा ल्याएका छन् । सरकारी जग्गा र अरु जग्गा छुट्याउने नीतिगत निर्णय गरेका छन् । नाममा कोही सक्कली मोही प¥यो कि नक्कली भनेर छुट्याउने राज्यको निकाय छ । सम्बन्धित निकायले फिल्डको यथार्थ चित्रण गर्नुपर्छ । प्रधानमन्त्रीले त नीतिगत निर्णय गर्ने हो । ललिता निवास काण्डका दोषी कोही पनि उम्किनु हुँदैन र निर्दोश कोही पनि फस्नु हुँदैन भन्नेमा नेपाल दृढ छन् ।

प्रतिक्रिया दिनुहोस्