Logo
Logo

चितवनमा एकैपटक ८ सवारी ठोक्किए, २० जना घाइते


3.2k
Shares

चितवन । चितवनको टिकौली जंगलमा बुधबार बिहान ८ वटा सवारी साधन एक–आपसमा ठोक्किँदा २० जना घाइते भएका छन् । व्यस्त राजमार्गमा सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै सवारी सधान ठोक्किएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार भरतपुर ९ मा पर्ने टिकौली जङ्गलमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना. १ क ६१३१ नम्बरको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आँदै गरेको ना. २ च ८४४६ नम्बरकोको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो ।

त्यसपछि बा. प्र.०६–००१ प ९९८१, बा.प्र.०३–००५प ९७, ना६२ प ६०३२, बा.प्र.०३–००१, प ४१४७ मो.सा.हरु , बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२ प ४१९८ नं.को स्कुटरसहित ८ वा सवारी साधन एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा घाइते १९ जनालाई चितवनका विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले बताएको छ ।

घाइतेहरूलाई भरतपुर अस्पताल, मेडिकल कलेज लगायत विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको छ । भरतपुरमा उपचार भइरहेको घाइतेहरूमा चितवन, खैरहनी–४ का ६५ को कृष्णबहादुर तामाङ, हेटौडा १४ का माहन तामाङ, खैरहनी–१ का जितबहादुर तामाङ, रत्ननगर १४ का कुसुम बहादुर राना, सोही ठाउँका सुरेश श्रेष्ठ, रत्ननगर–९ का किशोर तामाङ र रत्ननगर –१४ का डोलबहादुर कार्की छन् । उनीहरु सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, रत्ननगर १४ का पुर लामा, सोही ठाउँका बुद्रिराम तामाङ, रत्ननगरका रेशम पोख्रेल, काठमाडौ गोकर्ण–४ का तारा श्रेष्ठ र रत्ननगरका दिलबहादुर घिसिङ सामान्य घाइते भएका छन् । उनीहरूको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार एकजना घाइतेको मध्यम चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । त्यहाँ उपचार हुनेमा बलेरो गाडीमा सवार नवलपुर गैडाकोट ८ बस्ने वर्ष ५१ को लोकराज लामा रहेका छन् ।

यस्तै, ७ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जसमा बा.प्र.०३–००६ प ९९८१ नम्बरको मोटरसाइकल चालक जि.चितवन र.न.पा.१४ बस्ने वर्ष ३३ को शंकर परियार, सोही मोटरसाइकल पछाडी सवार वर्ष ३६ को दिबेश शाक्य छन् ।

त्यसैगरी शव बोकेको बलेरो गाडीमा सवार रत्ननगर १४ बस्ने वर्ष ५० को आईतराम कामी, रत्ननगर ३ बस्ने वर्ष ४४ को गोपाल तामाङ, रत्ननगर १४ का वर्ष २६ कका पुष्प तामाङ, सोही ठाउँका वर्ष ३८ का कृष्ण लामा र रत्ननगर ३ का ने वर्ष ४५ को जीवन लामा रहो छन् ।

प्रतिक्रिया दिनुहोस्