Logo
Logo

राष्ट्रपतिले संसद खोल्दा राम्रै हुन्छ भन्नुभयो, मैले खोल्नैपर्छ भनेँ : ओली


3.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले जबर्जस्ती संसद् अवरुद्ध गरेको बताएका छन् । सत्तापक्षले नै संसद्को अवरोध खुलाउनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलपछि यस्तो दावी गरेका हुन् । भेटमा राष्ट्रपति पौडेलले संसदमा रहेको गतिरोध अन्त्य गनुपर्ने बताएका थिए । सोक्रममा ओलीले संसद अवरोध गर्नु हुँदैन भन्ने पक्षमा आफूहरु रहेको बताएका थिए । राष्ट्रपतिसँग छलफलपछि अध्यक्ष ओलीले भने, ‘राष्ट्रपतिले संसद खोल्दा राम्रै हुन्छ भन्नुभयो, मैले खोल्नैपर्छ भनेँ ।’

सोक्रममा ओलीले सत्तापक्षले नै जबरजस्ती संसद् अवरोध गरिरहेकाले अवरोध सत्तापक्षले नै खुलाउनुपर्ने धारणा राखेका हुन् । संसद्को गतिरोध खुलाउने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बोलाएपछि ओली शितलनिवास पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्