Logo
Logo

दिनदहाडै तरबार प्रहार गर्ने दुई युवक पक्राउ


9.7k
Shares

विराटनगर । तीन दिनअघि विराटनगरमा एक युवकमाथि तरबार प्रहार गरी घाइते बनाउने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–८ का २२ वर्षे मोहम्मद हलिममाथि सोमबार दिनदहाडै तरबार प्रहार हुँदा उनी गम्भीर घाइते भएका थिए । दुवै हातमा गहिरो चोट बोकेका उनको तीन दिनयता नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

तरबार प्रहार गरेको आरोपमा प्रहरीले विराटनगर–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरेको हो ।

नेपाल-भारत सीमा क्षेत्र नजिकबाट बुधबार बिहान २ बजेतिर हुसेन र अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्