
काठमाडौं । मकवानपुरका एक युवाले आफ्नो लिङ्ग आफै काटेको घटना बाहिरिएको छ । मकवानपुरगढी गाउँपालिकाका २२ वर्षीय युवकले आफ्नो लिङ्ग आफै काटेका हुन् ।
आफ्नो लिंग आफैं काटेर उपचारका लागि अस्पताल पुगेका युवाले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले आफ्नो लिङ्ग आफै काटेर फालिदिएको बताएका छन् ।
बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास बसेको बेला शौचालय जाँदा बिच्छीले लिंगमा टोकेको र विष नफैलियोस् भनेर लिंग नै काटेर फ्यालेको उनले बताएका छन् ।
बिष नफैलियोस भनेर लिङ्ग काटेका युवक जब रगत नै रोकिन मानेन तब आपत्तमा परेका थिए । लगत्तै उनी उपचारका लागि हेटौंडा अस्पताल पुगेका थिए । हेटौंडा अस्पतालले थप उपचारका लागि सोही दिन राति नै रिफर गरेर चितवन मेडिकल कलेज भरतपुरमा पठायो । हाल उनको चितवन मेडिकल कलेजमा उपचार हुँदैछ ।














